यसरी हेर्नुस् श्वेतगंगा हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौं । साउन १८ गते, बुधबार, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए । सोमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएको थियो । आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको हो । सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ । अर्थात ५ जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले साउन ४ गतेदेखि जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सोही सेयर यस दिन बाँडफाँट गरिएको हो।

निष्काशन गरिएको कुल सेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट : https://www.sanima.capital/,

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/

४. श्वेतगंगा हाइड्रो कम्पनीको वेबसाइट : https://swetgangahydropower.com/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स