सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९५ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स