सिद्धार्थ बैंकको नाफा ३ अर्ब नाघ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत र सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४।२५ प्रतिशत बढेको छ भने जगेडा कोष ०.५१ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ५.८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ ।

नाफा सामान्य बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने केही घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स