मेलम्चीको मुद्दा जितेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूले डेढ अर्ब पाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्काको लागि दिएको काउन्टर ग्यारेन्टी वापतको रकम बैंकहरूले पाउने भएका छन् । हिमालयन बैंक र बैंक अफ काठमाण्डू १० वर्षे चीनमा मुद्दा जितेसँगै उक्त रकम फिर्ता पाउने भएका हुन् । मुद्दा जितेसँगै नेपाली बैंकले डेढ अर्ब रुपैयाँ पाउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको चीनको चाइना रेल्वेले कम्पनीको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले दिएको थियो । त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बैंक आफ काठमण्डूले दिएका थिए ।

सम्झौताअनुसार चाइना रेल्वेले मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकबाट लिएको थियो । तर, काउन्टर ग्यारेन्टी वापत चिनियाँ बैंक चाइना कन्सट्रक्सन बैंकले दिनुपर्ने रकम नदिएपछि दुबै बैंक कानुनी प्रक्रियामा गएका थिए ।

सन् २००९ मा मेलम्ची खानेपानी आयोजना र चिनियाँ निमार्ण कम्पनी चाइना रेल्वे बीच ठेक्का सम्झौता भएको थियो । तर, उक्त सम्झौता २०१२ मा आएर तोडिएको उक्त मुद्दा लडेका कानुन व्यवसायी डा. गान्धी पण्डितले जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स