मन्दाकीनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ९ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटल कै कार्यलय, नक्सालमा सेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ भने योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले सेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो। निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिएका थिए ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट : https://bokcapital.com.np/

२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/

४. मन्दाकिनी हाइड्रो कम्पनीको वेबसाइट : http://www.mandakinihydro.com.np/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स