माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै चेम्जोङले राखे मैदानमै आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन्।

माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै चेम्जोङले आफ्नी प्रेमिका कञ्चन निरौलालाई मैदानमै औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् ।

चेम्जोङले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए ।

उक्त खेलमा किरण लिगको उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए ।

सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगमा किरण आवद्द माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले उपाधि जितेको थियो । सोही अवसरमा किरणले आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स