काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश लघुवित्तहरूको नाफा घटेको छ । बैंकहरूबाट कर्जा नपाएर लगानी गर्न नसक्दा अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको नाफा घटेको हो । आज मंगलबारसम्म वित्तीय विवरण प्रकाशित गर्ने माइक्रोफाइनान्समा गत आवमा ८ वटाको नाफा घटेको छ भने ६ लघुवित्तको नाफा बढेको छ ।
छिमेक, गणपति, समता, नाडेपलगायतका लघुवित्तको नाफा घटेको छ भने आरउमडीसी, महिलालगायतका लघुवित्तको नाफा बढेको छ ।
हालसम्म गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका १४ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्य सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय सस्थाले कमाएको छ । छिमेकले गत आवमा १ अर्ब ३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपि संस्थाले सो अवधिमा आर्जन गरेको नाफा अघिल्लो आवकोभन्दा कम हो । उक्त लघुवित्तले गएको आवमा १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले पनि गत आवमा ५८ करोड ५६ लाख रुपैयाँ नाफा कमाएर आज साउन १७ गते मंगलबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका संस्थामा दोस्रो भएको छ । उक्त संस्थाले अघिल्लो आवमा ४७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
फस्र्ट माइक्रोफाइनान्सले पनि गत आवमा नाफामा उल्लेख्य वृद्धि गरेको छ । लघुवित्तले अघिल्लो आवमा १४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएकोमा अघिल्लो आवमा २६ करोड ८८ लाख नाफा कमाएको छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले २५ करोड ५ लाख नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आवमा भने २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्त वित्तीय संस्थाहरूको नाफा