महिला लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६१.४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा लघुवित्तले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले खराब कर्जा उठाउन सफल भएकै कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । गत आर्थिक वर्षमा लघुवित्तले १५ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। अघिल्लो आर्थिक वर्षमा ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको थियो। खराब कर्जामा सुधार आएकाले खुद नाफा बढेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन यस अवधिमा लघुवित्तको चुक्ता पुँजी ४७.५० प्रतिशत बढेको छ जगेडा कोष ३५.०६ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २३.५३ प्रतिशत, निक्षेप ४४.३८ प्रतिशत र कर्जा ३३.२३ प्रतिशत बढेको छ ।

आम्दानी १४.३७ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १८.७६ प्रतिशत भने घटेको छ । खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ७८ पैसा बढेर १०१ रुपैयाँ ७६ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स