काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा २० गुणा बढी आवेदन परेको छ ।
सोमबार साँझ ५ः१० बजेसम्ममा ११ लाख ९५ हजार ८७५ आवेदनबाट १ अर्ब ३६ करोड ४८ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४८ हजार ८०० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
जुन सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको २०.३५ गुणा बढी हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गर्न गरेको हो ।
सोमध्य ५ प्रतिशत ९३६ हजार ५३ कित्ता सेयर० सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत ९१४ हजार ४२१ कित्ता० कर्मचारीको लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरमा भन्दा बढी आवेदन परेकोले भोलि (साउन १७) गते सम्ममा मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।