सामान्य अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार, यी ५ कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य वृद्वि भएको छ।

सोमबार, नेप्से परिसूचक १.१५ अंकले बढेर २१९६.२५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५ लाख १८ हजारको कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, टे«डिङ, हाइड्रोपावर, म्यानू एण्ड प्रो र ईन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको ३८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख, एचआइडिसिएलको १३ करोड ७६ लाख, अपि पावरको १२ करोड ९१ लाख र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स