काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर आज (साउन १६) गतेदेखि लिलामीमा ल्याएको छ। कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।
उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
उक्त सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।