आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम २० देखि अधिकतम ७० रुपैयाँसम्म पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७७/०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७७/०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा समितिबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न ४ वटा बीमालेख अन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

१. सावधिक जीवन बीमालेख
कम्पनीले सावधिक जीवन बीमालेखमा न्यु्नतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६३ रुपैयाँ र ३० र सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

२. सावधिक  अग्रिम भुक्तानी तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

३. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोसदर निर्धारण गरेको छ । जसमा १० देखि १४ वर्षसम्मका लागि ३० रूपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

४. वार्षिक अग्रिम भुक्तानी सार्वधिक (धन सरिता)
कम्पनीले यस बीमालेखमा सम्पूर्ण बीमा अवधिसम्मका लागि २० रुपैयाँ बोसदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स