नेप्सेमा सेन्चुरी कमर्शियल बैंक र प्रभु बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेन्चुरी कमर्शियल बैंक र प्रभु बैंक लिमिटेडको सेयर कारोबार रोक्का भएको छ। दुवै बैंकबीच एकआपसमा प्राप्ति गर्ने सम्झौता गरेसँगै नेप्सेमा आजदेखि दुवैको कारोबार रोक्का भएको हो । दुई बैंकबीच साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

दुई बैंकबीच प्रारम्भिक रुपमा १ः१ सेयर स्वाप अनुपातमा गाभिने गरी सम्झौता भएको हो।सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिईओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिईओ बन्ने छन् । संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन् ।

प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । दुई बैंक मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पूँजी कायम हुनेछ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मसान्तसम्म मर्जर जाने बैंक तथा वित्तीय संस्थाले छुट तथा सुविधा पाउने छन् । यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स