जाल्पा लघुवित्तको नाफा घट्यो

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.२० प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ४०.३१ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १.४५ प्रतिशत घटेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ३४ पैसा घटेर ६१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ भन प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ ७० पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४८.४२ प्रतिशत बढेको छ भने जगेडा कोष २५.९९ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ५७.८९ प्रतिशत, निक्षेप २०.५२ प्रतिशत र कर्जा ४०.२९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स