होटलको सेयरमा ठूला ब्रोकरबाट आक्रामक खरिद चाप

काठमाडौं । सेयर बजारमा सेक्टर परिवर्तन गर्दै सेयर किनबेच गरिरहेका लगानीकर्ताहरू पछिल्लो समय होटलहरुको सेयर तर्फ केन्द्रीत हुन थालेको पाइएको छ । सेयर बजारमा अहिले चार वटा होटलको मात्र कारोबार भईरहेकोमा पछिल्ला दिनमा ठूला ब्रोकरबाट ती कम्पनीहरूको सेयरमा आक्रामक खरिद चाप देखा परेको छ ।

पछिल्लो समयमा सोल्टी, ओरियन्टल र तारागाउँ रिजेन्सी होटलको सेयरमा ब्रोकर नम्बर ५८, ४५, ३४ र ४९ बाट आक्रामक खरिद भएको देखिएको हो । साताको पहिलो दिन सोल्टी होटलको एक लाख ८४ हजार कित्ता सेयर खरिद बिक्री भएकोमा ब्रोकर नम्बर ५८ बाट मात्रै एक लाख ३६ हजार कित्ता खरिद भएको छ ।

तारागाउँ रिजेन्सी होटलको झण्डै २९ हजार कित्ता सेयर खरिद बिक्री भएकोमा ब्रोकर नम्बर ४५ बाट मात्रै झण्डै ५० प्रतिशत अर्थात १४ हजार कित्ता सेयर खरिद भएको छ ।

त्यस्तै ओरियन्टल होटलको १५ हजार कित्ता सेयर खरिदबिक्री भएकोमा ६९ प्रतिशत अर्थात ९ हजार भन्दा बढी कित्ता ब्रोकर नम्बर ४५ बाट मात्रै खरिद भएको देखिएको छ ।

यसअघि ब्रोकर नम्बर ५८ बाट अघिल्ला दिनहहरुमा सोल्टी र तारागाउँ होटलका ठूला कित्ता सेयरहरु आक्रामक रुपमा खरिद भएका थिए । त्यस मध्येको तारागाउँ होटलकोे थोरै सेयर आईतबार ब्रोकर नम्बर ५८ बाट बिक्री भएको छ ।

ठूला ब्रोकरहरुको तर्फबाट आक्रामक खरिद भएपछि होटल समूहको सेयर मूल्य पनि लगातार बढ्न थालेको छ । सोल्टी होेटलको मूल्य झण्डै ७ रुपैयाँले बढेर २३९ रुपैयाँ पुगेको छ भने ओरियन्टल होटलको मूल्यमा झण्डै ५ प्रतिशत अर्थात २४ रुपैयाँले बढेर ५१४ रुपैयाँ पुगेको छ ।

तारागाउँ होटलको मूल्य भने सामान्य बढोत्तरी भएर ३७९ रुपैयाँ प्रतिकित्ता छ । होटल समूहको चन्द्रागिरी हिल्सको सेयर मूल्य ३० रुपैयाँले बढेर ११९४ कायम भएको छ । सोल्टी होटलको सेयरको अंकित मूल्य १० रुपैयाँ हुँदा १०० रुपैयाँमा तुलना गर्दा उसको वास्तविक मूल्य २३०० रुपैयाँ हुन आउँछ ।

कोरोनाका कारणले पर्यटकीय गतिविधिमा आएको मन्दीका कारण लामो समयदेखि होटल समूहको सेयर मूल्य बढ्न सकेको थिएन भने ठूला लगानकिर्ताहरुले पनि चासो देखाएका थिएनन् ।

अब पर्यटकीय गतिविधि बढेर गएको र अरु सबै सेक्टरका कम्पनीहरूको मूल्य बढिसकेको अवस्थामा होटल समूहको सेयरबाट लाभ लिन ठूला लगानीकर्ताहरू सक्रिय भएको संकेत मिलेको छ । अहिले मूल्य बढिरहेको अवस्थामा पनि होटल समूहको सेयर मूूल्य एक बर्ष अघिको भन्दा मुनी नै रहेको पाइन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स