प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कम्पनी बढ्दै, सर्वोत्तम र रिलाइन्सपछि अब पालो घोराही सिमेन्टको

काठमाडौं । पछिल्लो समयमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कम्पनी बढ्न थालेका छन् । यसअघि सर्वोत्तम सिमेन्ट र रिलाइन्स स्पीनिङ मिल्सले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका थिए ।

घोराही सिमेन्ट उद्योगले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । घोराही सिमेन्टले साउन ९ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै बार्डमा आवेदन दिएको हो ।

उद्योगले प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्नेछ ।

त्यस मध्ये ३ लाख ९७ हजार १९० कित्ता उद्योग प्रभावित स्थानीयको लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

उद्योगले स्थानीयलाई प्रति कित्ता ४०० रुपैयाँ र सर्वसाधारणको लागि प्रति कित्ता ४३५ रुपैयाँमा सेयर निष्काशन गर्नेछ । कम्पनीले बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स