सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई ‘नो डाटा नो प्रब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।

यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउने छन् । यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको छ ।

सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स