अर्थमन्त्री शर्माको अर्थ मन्त्रालयमा दोस्रो इनिङ, ५ लाखसम्मको निक्षेप सुरक्षण गरिने

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले पदभार ग्रहण गरेका छन् । मन्त्री शर्माले राष्ट्रपति समक्ष शपथ ग्रहण पछि साउन १५ गते (आइतबार) साँझ नै अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । अर्थसचिव मधु मरासिनी अनुपस्थित रहेपनि राजस्व सचिव कृष्णहरि पुष्कर लगायत सबै कर्मचारीले भव्य रुपमा ले स्वागत गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा गत जेठ १४ गते राति अर्थ मन्त्रालयकममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गरेको विषय बाहिर आएपछि मन्त्री शर्मा विवादमा तानिएका थिए ।

सोही विवाद नेकपा एमालेले विरोध गर्दै संसदमा छानबिनको माग गरेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । शुक्रबार उनलाई क्लिन चिट दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः नियुक्ति गरेका हुन् ।

तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मन्त्री शर्माले पहिलो निर्णय निक्षेप बीमाको सीमा बढाउने निर्णय गरेका छन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिने उल्लेख छ । जसअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा ३ लाख रुपैयाँलाई बढाएर ५ लाख बनाइनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स