जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौं बीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौंको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन्।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौंबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स