अर्थमन्त्री जनार्दन शर्माले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्री शर्माले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा शपथ लिएका मन्त्री शर्माले आजै मन्त्रालयका कार्यभार सम्हाल्ने छन् । मन्त्री शर्मा २५ दिनपछि पुनः मन्त्रालयमा फर्किएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।

यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स