काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, बैंकको १६ प्रतिशतले हुन आउने ६३ लाख १७ हजार ९२ दशमलव ९६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।