काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो ।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेका हो।
हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते बोलाएको छ । सभामा हकप्रदमार्फत पुँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव लैजाने भएको छ ।