बजारमा चार नयाँ उत्पादन ल्याउँदै हिताची, बिक्री पछिको सेवा सुनिश्चित

काठमाडौं । होम अप्लाइन्सेसको आधिकारिक वितरक हिताचीले बजारमा विभिन्न नयाँ उत्पादनहरु ल्याउने भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले अब छिट्टै नै फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनर गरी विभिन्न ४ वटा नयाँ उत्पादन बजारमा ल्याउने घोषणा गरेको हो ।

उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् । कार्यक्रममा सहभागीहरूलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो ।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ । हरेक नेपाली घरपरिवार माझ नयाँ अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागि पर्ने समेत जानकारी गराएको छ ।

उक्त कार्यक्रममा ए।एच।एस।जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग ९निर्यात व्यापार० का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग ९निर्यात व्यवसाय० का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौं ।’

‘रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौं,’ हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले भने ।

यस्ता छन् चार नयाँ उत्पादन

हिताची फ्रन्ट लोड वाशिङ मेसिन बीडी(डी१२०एक्सजीभी
यो नयाँ वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, एआई वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्दछ ।

हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर
यसले भुईँदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट छनोट हुनेछ ।

हिताची माइक्रोवेभ ओभन
यो माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादन लाइन अन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको कम्पनीले जनाएको छ ।

हिताची फ्रेन्च बटम रेफ्रिजेरेटर
कम्पनीका अनुसार यो रेफ्रिजेरेटर नविनतम टेक्नोलोजी, ठण्डा कूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स