मन्दाकिनी हाइड्रोपावरको आईपीओमा १६ गुणा बढी आवेदन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा १६.५३ गुणा बढीको आवेदन परेको छ ।

बिहीबार साँझ ५ः१० बजेसम्ममा १६ लाख १० हजार ९२६ आवेदनबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ८१ हजार १८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।

जुन सर्वसाधारणलाई छुट्टाएको १० लाख ९३ हजार ७४९ कित्ता सेयरको १६.५३ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो। निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ता सेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकले मात्रै कम्पनीको सेयर पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स