काठमाडौं । प्रि-ओपनिङमा नेप्से ०.८४ अंकले घटेर २९७६.१८ विन्दुमा पुगेको छ । बिहीबार ५ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ करोड ४५ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रि-ओपनिङमा २७ वटा कम्पनीको सेयर कारोबार भएको छ । १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।