काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर ९४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।