टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको छ ।

यो उल्लेखनीय सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन् । यसैगरी द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । ‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैको लागि चर्जिङ स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो ।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ एप – ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेका छन् । दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ ।

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।

नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ । यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स