वाई वाई ग्लोकल टिन हिरो नेपाल २०२२ को एक्टिभेशन कार्यक्रम सम्पन्न

काठमाडौं । वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को एक्टिभेशन कार्यक्रम सम्पन्न भएको छ । वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ को बारेमा जानकारी दिनका लागि ग्लोकल टिम नेपालका सातै प्रदेशका विभिन्न शहरका विधालयहरूमा एक्टिभेशन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका क्रममा नेपालका विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तक्रिया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी भेटिएको र यस वर्षपनि भब्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन संशक्त रुपमा तयारी भईरहेको कुरा आयोजकले बताएका छन् ।

ग्लोकल टीन हिरो कार्यक्रमको ग्लोबल लिड काजल झा ठाकुरले भनिन्, ‘विगतका वर्षझै यस वर्षपनि हामी प्रतिभाशाली किशोर किशोरीको खोजीमा नेपालको विभिन्न ठाउँ पुग्यौं । किशोर किशोरीको कार्यको सम्मान एवम पहिचान गराउने एक मन्च ग्लोकल टीन हिरोको विकास गरेर निरन्तर काम गर्दै आठौं संस्करणसम्म आइपुग्दा नयाँ उर्जा थपिएको अनुभुती भएको छ ।’

‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । वाई वाई ग्लोकल टीन हीरो नेपाल को आठौंैं संस्करणकालागि आवेदन खुलेको छ । आवेदन भर्ने अन्तिम मिती जुलाई ३१ निर्धारण गरिएको छ ।

प्रतिभावान किशोर किशोरीहरुले जततउकस्ररनयिअबतिभभलजभचय।अयmरलभउब िमार्फत निशुल्क आवेदन भर्न सक्ने छन् । यसबाहेक, तपाईंहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नु हुनेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन् । ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मनीको दूतावास काठमाडौं, पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पंचकन्या गु्रप, द् ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूल, रियल, यमआइ र डिश होमस इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्क, आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौं, आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, विस्तारा र यति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर चोइस रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स