साउन १९ गतेदेखि ५ करोडको खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्दै लक्ष्मी क्यापिटल

काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ५० करोड आकारको शुभ लक्ष्मी कोष नामक खुलामुखी योजनाको ईकाई निष्काशन गर्ने भएको हो ।

क्यापिटलले योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ दरको पाँच करोड इकाई निष्काशन गर्न लागेको हो। जस मध्ये ७५ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत) विज पूँजी बापत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकि ४ करोड २५ लाख इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ ।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गर्नेछ । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गर्न लागेको हो।

सो इकाईका लागि साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति भदौ २ गतेसम्म लम्बिने छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स