सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कति छ आजको बजार भाउ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स