एनएमबि क्यापिटलको १ अर्ब रुपैयाँको म्युचअल फण्डमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले आज भदौ १७ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनएमबि सरल बचत फण्ड–ई’ निष्काशनमा ल्याएको हो । एनएमबिले ल्याएको यो फण्ड खुलामुखी फण्ड हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । सो इकाई मध्ये कम्पनीले २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

निष्काशन गरिएको कुल इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा बिक्री खुला गरेको हो । त्यसैगरी, कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ ३१ गतेसम्म आवेदन म्याद थप गरिनेछ ।

यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स