पठाओद्वारा ‘पठाओ कवच’ अभियान संचालनमा, अब हरेक यात्रा बीमाद्धारा सुरक्षित

काठमाडौं । सेयर राइडिङ एप ‘पठाओ’ ले ‘पठाओ कवच’ अभियान संचालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एपमार्फत अब राइडर, सेवाग्राही, क्याप्टेन र फुडम्यानले विभिन्न ५ वटा सुविधाहरु पाउनेछन् ।

उक्त अभियान अनुसार, हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ ।

पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको पठाओकी प्रवक्ता सुरक्षा हमालले बताइन् । उनका अनुसार पठाओ कवच अन्तर्गत अब हरेक यात्रा बीमाद्धारा सुरक्षित हुने भएको छ ।

साथै सो अभियानअन्तर्गत प्रशिक्षित र प्रमाणित राइडरहरु रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सर्पोट सेवा, एपभित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुका साथै राइडको जानकारी आफन्त साथीहरुलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेको छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स