ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम २० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७७/०७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा समितिबाट गत साउन ६ गते स्वीकृत भएबमोजिम नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनसदरअुनसार कम्पनीको विभिन्न ४ बीमा योजनाका विभिन्न अवधिका बीमितहरुले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

१. सावधिक बीमालेख
कम्पनीले सावधिक बीमालेखमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्षका लागि प्रतिहजार ४३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

२.सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

३.अग्रिम भुक्तानी बीमालेख
कम्पनीले यस बीमालेखमा न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

४. ज्योति ईजी पे जीवन बीमा
कम्पनीले यस बीमाअन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १० वर्षदेखि १४ वर्षसम्मका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि २५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स