एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक

झापा । झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।

यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६औं वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ ।

सत्र वर्षअघि दुई करोड पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । ग्राहकको सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यतामा उभिएर आफ्ना गतिविधि गरिरहेको एक्सेलमा २६६ कर्मचारी कार्यरत छन् ।

बैंकको साधारणसभाले कम्पनीको जारी र चुक्ता पूँजी एक अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ बाट बढाएर एक अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७० पु¥याउने निर्णय गरेको छ ।

साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार आव २०७८ चैतसम्ममा बैंकले ११ अर्ब २५ करोड ९४ लाख ९७ हजार निक्षेप संकलन र १० अर्ब ६९ करोड ८९ लाख ५८ हजार कर्जा लगानी गरेको छ । सोही अवधिसम्मको बैंकको खुद नाफा १० करोड ५८ लाख ६५ हजार रहेको जनाइएको छ ।

साधारणसभामा कम्पनीका पूर्वअध्यक्ष हेमराज ढकाल, सञ्चालक राजन शर्मा, सञ्चालक पर्शुराम दाहाल, प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल, पूर्वसञ्चालक सुरेश बंशल, पूर्वसञ्चालक डा. रुपक खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले ८.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र बोनस सेयरको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स