उद्यमी मोतिलाल दुगडको एकल स्वामित्वमा विराटनगरमा ३ अर्ब लगानीमा बनेको सेञ्चुरियन मल एण्ड होटल सञ्चालन आउँदै

काठमाडौं । उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल एण्ड होटल सञ्चालन गर्ने भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यागी दुगडले अबको डेढ वर्षमा विराटनगरमा पाँच तारे होटल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताए । उक्त होटल प्रदेश एकको एक मात्र ५ तारे होटल हुने यसले सो स्तरको होटलबाट सेवा लिन चाहने स्वदेशी तथा विदेशीलाई सहजता प्रदान गर्ने बताए ।

सोमवार अन्तर्राष्ट्रिय चेन होटल र्याडिसनसँग सञ्चालन र व्यवस्थापनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । समझदारीपत्रमा सेञ्चुरी गू्रप अफ कम्पनीका अध्यक्ष मोतिलाल दुगड र र्याडिशन होटल गू्रप, साउथ एशियाका प्रबन्ध निर्देशक जुविन साजेनाले हस्ताक्षर गरेका हुन् । काठमाडौंको होटल र्याडिशनमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । ‘विश्व प्रशिद्ध चेन होटल र्याडिशनलाई भित्र्याउन पाउँदा हामीलाई खुशी लागेको छ’ दुगडले भने ।

१४० कोठा हुने उक्त होटलमा स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युट, क्यासिनोको सुविधा पनि उपलब्ध हुनेछ । सेञ्चुरियन होटलमा आउने पाहुनहरुले मलभित्रै सपिङ र मनोरञ्जनको सुविधा लिनसक्ने दुगडले बताए ।

‘नेपालको औद्योगिक राजधानी भनेर स्थापित विराटनगरमा पाँच तारे होटल खुल्दा त्यसको क्षेत्रका व्यवसायी र देश विदेशबाट आउने पर्यटक लाभान्वित हुनेछन्,’ उनले भने ‘एक नम्बर प्रदेश भ्रमणमा आउने पर्यटक र यस क्षेत्रका मानिसहरुलाई उच्चस्तरको सेवा दिने योजनाका साथ हामीले काम अगाडि बढाएका छौं ।’

दुगडले विगत लामो समयदेखि सेन्चुरी मसला उद्योग लगायत अन्य धेरै उद्योगहरू सञ्चालन गर्दै आएका छन् । उनले सेञ्चुरियल मल करिव डेढ विघा क्षेत्रफलमा फैलिएको बताए । उद्योगी दुगडले विराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारतबाट १५ मिनेटको दूरीमा अवस्थित होटलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई ल्याउन सकिने बताए । भारतको सीमाबाट जम्मा ८.६ किलो मिटर दुरीमा अवस्थित यो होटलमा आउन भारतीय पर्यटक तथा व्यवसायीहरुको लागि पनि सहज हुने बताए ।

३ अर्ब लगानी बनेको उक्त अत्याधुनिक मलमा ४० प्रतिशत सेयर पुँजी हुने र ६० प्रतिशत बैंकको कर्जा लगानी हुनेछ । र्याडिसन होटल अन्तर्राष्ट्रिय चेन होटल हो र्याडिनको व्यवस्थापनमा संसारका १२० देशमा १७ सयभन्दा बढी होटल सञ्चालनमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स