इन्क्यूबेटरको लागी राज्यको लगानी आवश्यक छ ,हामी सरकारसँग सहकार्य गर्न तयार छौं :अध्यक्ष गोल्छा

काठमाडौं । अध्यक्ष गोल्छाका अनुसार उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक रहेको छ । जुन वाणिज्य महासंघको स्टार्टअप कमिटीले यो वर्षदेखि सुरु गरेको हो ।

रोेजगारी सिर्जना गर्ने उद्योग व्यवसायले हो । सरबारले यसपालीको बजेटमा बिजनेस इन्क्यूबेटरको लागी बजेट छुट्याएको छ जुन एकदमै सकरात्मक कुरा हो । हाम्रो प्रत्येक सहरमा भौतिक संरचना सहितको उपस्थिति छ यस मामलामा सरकारसँग सहकार्य गरेर काम गर्न पनि तयार छै सोमबार महासंघले आयोजना गरेको बिजनेस इन्क्यूबेटर कन्फरेन्स २०२२ को कार्यक्रममा बोल्दै गोल्छाले सो बताएका छन् । उनले उद्यमशीलता विकासको लागि इन्क्यूबेटरमा राज्यको लगानी आवश्यक रहेको बताएका छन् ।

‘हाम्रा ५० लाख भन्दा बढी युवा आफ्नो देशमा भविष्य खोज्न नसकेर विदेश पलायन भएका छन्, उनीहरूले पठाएको रेमिट्यान्सले अहिले मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ, हामीले देशमा नै नयाँ उद्यमी विकास नगर्ने र युवाहरूलाई आफ्नै देशमा नै भविष्य देखाउन सकेनौं भने भोलिको भविष्य कल्पना मात्रै गर्न सक्छौं ,’ उनले भने ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ खोल्ने खुलासा गरेका छन् ।

मन्त्री बडूका अनुसार सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवर्द्धनमा जोड दिएको र कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स