नेप्से ५४ अंकले बढ्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा उछाल आएको छ ।

सोमबार, नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९९ लाख ४४ हजारको कित्ता सेयर ४ अर्ब १० करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड २९ लाख २५ हजार माथिको कारोबार भएको हो ।

अरुण काबेली पावरको १४ करोड ५१ लाख १५ हजार, एनटिसीको ११ करोड ५१ करोड ७ हजार, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशी हाइड्रोपावरको १० करोड ६० लाख ३१ हजार माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स