अबैधरुपले ल्याइएको चिनी बरामत

काठमाडौं । पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो ।

१८ लाख ६९ हजार बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । चिनीसहितको ट्रक र त्यसका चालकलाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको उनले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स