यसरी हेर्नुस् राप्ती हाइड्रोको आईपीओ नतिजा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सोमबार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

आईपीओमा कुल १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १४ सय २४ जनाको आवेदन रद्द भएको र बाँकी रहेका १४ लाख ९० हजार २ सय ९८ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ ।

गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ७४ हजर २८ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीको आईपीओमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । कुल १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो।

कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

सर्वसाधारणलाई निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ ।

यी ४ तरिकाबाट हेर्नुस् नतिजा :
१. बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट : https://www.siddharthacapital.com/

२. सिडीएससीको मेरोसेयरको वेबसाइट :meroshare.cdsc.com.np/#/login

३. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/

४. राप्ती हाइड्रो कम्पनीको वेबसाइट : https://raptihydro.com.np/

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स