यी चार तरिकाबाट हेरौं राप्ती हाइड्रोको नतिजा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बिहान क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
आईपीओ को नतिजा केहि समयपछि प्रकाशन हुने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको
 वेबसाइट https://www.siddharthacapital.com/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र राप्ती हाइड्रो कम्पनीको वेबसाइट https://raptihydro.com.np/ बाट हेर्न सकिने छ । मेरोसेयर को वेबसाइटबाट आफुले आईपीओ मा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपीओ  क्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता सेयर  निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपीओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्वसाधारणलाई निष्काशन गरेको हो।

सर्वसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता सेयर  निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स