राप्ती हाइड्रोको आईपीओ बाँडफाँट, २ लाख १७ हजार ६९४ जनाले पाए १० कित्ता सेयर

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर आज (साउन ९ गते) सोमबार बाँडफाँट गरेको छ । आवेदनमध्ये भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् । सो सेयरका लागि कुल १४ लाख ९१ हजार ७२२ आवेदन परेको थियो । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन रद्द भएका छन् भने १ हजार ४२४ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरेको हो । निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता सेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा सो आईपीओ बाँडफाँट भएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स