आन्तरिक उत्पादन बढाएर देश बचाउतिर लाग्न प्रधानमन्त्री देउवाको उद्यमी व्यवसायीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादन बढाउन आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै देउवाले उद्योगीहरूलाई आयात प्रतिस्थापन गर्ने उद्योगमा लगानी गर्न आग्रह गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले नाफा नहेरी मुलुक बचाउनतर्फ लाग्न पनि उद्यमी व्यवसायीहरूलाई आग्रह गरेका गरे ।

अहिले देशको अर्थतन्त्र आन्तरिक र बाह्य क्षेत्रको चापमा परेको छ । विलाशी र महँगा वस्तु आयात गर्नुभन्दा आन्तरिक उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न देउवाले उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘आन्तरिक उतपादनमा वृद्धि गर्न विदेशी सामान आयात गर्नेभन्दा स्वदेशी वस्तु निर्यात गर्ने तर्फ उद्यमीले ध्यान दिनु पर्छ,’ उनले भने ‘देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस् ।’

समग्र आर्थिक विकासका लागि परिसंघले महत्वपूर्ण काम गरेकोे बताउँदै प्रधानमन्त्री देउवाले ‘मेक इन नेपाल’ जस्ता कार्यक्रमले देशभित्र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । कुल गार्हस्थ उत्पादन ‘जीडीपी’ बढाउन र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको समेत उनले बताए ।

‘कोरोनाले अर्थतन्त्रमा चापेको बताउँदै उनले भने ‘मुलुक धान्नै नसक्ने व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिको चाप छ, अब यसको सुधारका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक छ ।’
सरकारले स्वदेशी उद्योगको विकासका लागि नीतिगत सुधार गर्दै आएका छ । अझै पनि कानुनी, नीतिगत र संस्थागत सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

राष्ट्र बैंकले बजेट कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति ल्याएको भन्दै मौद्रिक नीतिले दिएको सहुलियत प्रयोग गर्दै उत्पादन मुलक उद्योग स्थापना गर्न समेत प्रधानमन्त्री देउवाले आग्रह गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स