सनराइज बैंकको उल्लेख्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षमा सनराइज बैंकले उल्लेख्य नाफा गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै गैर सञ्चालन खर्च घटेका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी २१.५६ प्रतिशत र सञ्चालन मुनाफा १९.९० प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा केही दवाव परेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६.६५ प्रतिशत बढेको छ । जगेडा कोष २५.०८ प्रतिशत बढेको छ । बैंकको निक्षेप २३.६५ प्रतिशत र कर्जा १९.५६ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स