भक्तपुरको सल्लाघारीमा रुखले किचेर ३ जनाको मृत्यु,१२ जना घाइते

काठमाडौं । भक्तपुर नगरपालिका-१ सल्लाघारीमा सल्लाको रुख ढलेर गुडिरहेको बस र स्कुटरलाई किचेको छ ।

उक्त रुखले किचेर ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ ब्यासी घर भएका २३ वर्षीय नितेश खर्बुजा छन् भने अरु दुई जनाको परिचय खुलेको छैन ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपुर अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्यापेको हो ।

नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स