१ वर्षमा सवा ४७ अर्ब आन्तरिक ऋण, २३ प्रतिशतले बढ्यो ऋण

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले ४७ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष ३६ अर्ब ९० करोड गरी ऋण भुक्तानी गरेको थियो ।

गत आर्थिक वर्षमा सरकारले २ खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण उठाएको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४.८ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । २०७९ असार मसान्तमा नेपाल सरकारको कुल आन्तरिक ऋण २२.९ प्रतिशतले वृद्धि भई ९८४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तमा यस्तो ऋण ८ खर्ब ३२ करोड रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स