लक्ष्मी बैंकले कमायो १ अर्ब ६० करोड नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षले १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेका कारण खुद नाफा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत बढेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१७ प्रतिशत मात्र बढेको छ । निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा दबाब परेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ११.१६ प्रतिशत घटेको छ । बैंकको निक्षेप १९.६७ प्रतिशत र कर्जा २१.६६ प्रतिशत बढेको छ ।

नाफामा झिनो सुधार भएपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स