नेप्सेमा हल्का सुधार, साढे ११ अर्बले बढ्यो बजार पुँजीकरण, मौद्रिक नीतिको प्रभाव देखिने आशामा लगानीकर्ता

काठमाडौं । आर्थिक वर्ष २०७९÷०८० को पहिलो साता कुल पुँजीकरण गत साताको भन्दा ११ अर्ब ४६ करोड ७८ लाख रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ रहेको कुल बजारपुँजीकरण यो साताको अन्तिम कारोबार दिन २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख रुपैयाँ पुगेको हो ।

सेयर बजारको कारोबार रकममा कमि आएको छ । गत साता पाँच कारोबार दिनमा ९ अर्ब ९४ करोड ५९ लाख रुपैयाँभन्दा बढीको २ करोड ७३ लाख ३१ हजार ७ कित्ता सेयर खरिद बिक्री भएकोमा यो साता ६ कारोबार दिनमा ९ अर्ब ६६ करोड २६ लाख रुपैयाँको २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता सेयर खरिद बिक्री भएको हो । गत साताको तुलनामा यो साता २८ करोड ३२ लाख ५० हजार बराबरको ४० लाख ६६ हजार ८५२ कित्ता कम सेयर कारोबार भएको हो ।

कारोबार रकम घटेपनि यो साता नेप्से परिसूचक ८ अंकले बढेको छ । गत साता २ हजार ९ दशमलव ४६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार १७ दशमलव ४६ विन्दुमा बन्द भएको छ ।

यो साता ६ कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से परिसूचक बढेको छ भने दुई कारोबार दिन घटेको छ । पहिलो दिन १ दशमलव ९३ अंक, दोस्रो दिन १८ दशमलव शून्य ३ अंक, तेस्रो दिन १६ दशमलव २७ अंक र चौथो दिन ४ दशमलव ८९ अंक नेप्से उकालो लागेको हो । पाँचौ दिन ५ दशमलव ८७ अंक र छैठौ दिन भने २७ दशमलव २६ अंकले नेप्से घटेको छ ।

शुक्रवार नै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेसँगै लगानीकर्ताहरू केहि नयाँ नीतिको व्यवस्था भएसँगै उत्साहित भएका छन् । लगानीकर्ता छोटेलाल रौनियारले मोद्रिक नीतिले गरेको व्यवस्थाले लगानीकर्तालाई केहि उत्साहित बनाएको बताए ।

‘हामी आफूहरुले चाँहेको जस्तो ४/१२ नै नहटेपनि ३ वटा बैंक नभईकन एउटै बैंकबाट १२ करोडको निकाल्न पाउँने प्रावधानले राहत दिएको र यसलाई स्वागत गनुपर्ने बताए । ‘दोस्रो कुरा जोखिम बहन क्षमता २५ लाखसम्म १०० प्रतिशत र २५ लाखभन्दा माथिलाई १५० प्रतिशत जुन भनिएको छ यसले साना लगनीकर्ता र ठूला लगानीकर्ता भनेर छुट्याउँन खाजेको देखियो तर त्यस्तो धेरै जोखिम नेपाली पुँजी बजारमा नरहेको ’ ठकुवा गरे ।

मौद्रिक नीति सेयर बजारको लागि सुधारको केन्द्रविन्दु बन्ने आशा हामीले गरेका छौं । सार्वजनिक मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले कुनै पनि एक वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म सेयर धितोकर्जा लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस अघिको अधिकतम सेयर धितोकर्जाको सीमा एक वित्तीय संस्थामा कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स