मौद्रिक नीति सेयर बजारका लागि सुधारको प्रस्थान विन्दु

काठमाडौं । आज अपराह्न सार्वजनिक भएको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति समग्र अर्थ व्यवस्थालाई सन्तुलनमा ल्याउनु पर्ने हुनाले उद्योगी व्यवसायी तथा सेयर बजारका लगानीकताृहरू उत्साहित हुने गरी ल्याउन नसकेपनि वर्तमान अर्थतन्त्रको अवस्थामा सन्तोषजनक रुपमा सम्पूर्ण उद्योगी व्यववसायीहरूले लिएको पाइन्छ ।

कर्जाको प्राथमिकता नै स्वदेशी कच्चा पदार्थमा आधारित घरेलु प्राथमिकता दिएको र सो पुँजी निर्माणको लागि सेयर बजारका साना लगानीकर्तालाई प्राथमिकता प्राप्त क्षेत्रको प्रमुख स्थानमा राखिएकाले साना तथा सेयर बजारका लगानीकर्ताहरूले यो मौद्रिक नीतिलाई खुलेर स्वागत गरेको पाइन्छ ।

२५ लाखसम्मको सेयर धितोकर्जामा १०० प्रतिशत औसतभार कायम गरिएको छ । र सो भन्दा बढी सेयर धितोकर्जामा भने १५० प्रतिशत औसतभार कायम गरिएको छ । जसको मुख्य उद्देश्य नै साना सेयर कर्जा लिनेहरूलाई प्राथमिकताको सूचीमा राखी सहज रुपमा ऋण उपलब्ध गराउने देखिन्छ भने ठूला लगानीकर्ताहरूको हकमन १२ करोडको सीमालाई यथावत राखि ३ वटा बैंकबाट ४/४ करोडसम्म कर्जा लिनु पर्ने सीमालाई हटाएर एकमुष्ठ १२ करोडको सीमा कामय गरिएको छ ।

ब्रोकरमार्फत मार्जिन ल्याण्डिङलाई सहजीकरण गरी ठूला लगानीकर्ताको लागि आवश्यकताअनुसार सेयर धितोकर्जा प्रवाह गर्ने व्यवस्था भएको देखिन्छ । जुन दिर्घकालीन रुपमा व्यवस्थित र अन्तर्राष्ट्रिय अभ्यास अनुरुप पनि हो । जसले पुँजीबजारलाई दिर्घकालीन रुपमा स्थायित्व र व्यवस्थित बनाउन प्रमुख भुमिका खेल्नेछ ।

आजको मौद्रिक नीतिका विशेषताहरूलाई अर्थतन्त्रलाई स्थायित्व दिने भनिएको छ भने कर्जाको विस्तारलाई नियन्त्रण गर्दा उपभोगको प्रवृत्ति सन्कुचन हुन गई विदेशी विनिमयमा सुधार हुने आशा राखेको देखिन्छ । यसले व्याजदरलाई केहि प्रभावित पारेपनि सरकारले बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मूल्यवृद्धिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य प्रति निर्देशित छ भने ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्नेछ ।

व्याजदर करिडोर दरहरूलाई १.५ प्रतिशत विन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत र नीतिगत दर ७ प्रतिशत र निक्षेप संकलन दर ५.५ प्रतिशत कायम राख्ने नीति लिएको छ । अनिवार्य नगद अनुपात (सीआरआर) १ प्रतिशत र वैधानिक तरलता अनुपात(एसएलआर) २ प्रतिशत विन्दुले वृद्धि गर्ने नीति लिएको छ ।

कृषि उद्योग, साना तथा मझौला उद्यम, पुँजीगत आयातलगायतका आधारदरमा अधिकतम २ र व्यापार, घरजग्गाका कर्जा, ओभर ड्राफ, सेयर धितोकर्जा दिँदा आधार व्याजदरमा न्यूनतम ४ प्रतिशत प्रिमियमबाट कर्जाको ब्याजदर सुर हुने भएको छ ।

घर जग्गा धितोराखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सो को धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढिमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढिमा ४० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

जुन व्यवस्थाले घरजग्गा क्षेत्रलाई निरुत्साहित गरी कर्जाको लागत नै वृद्धि गरेर थोरै थोरै रकम लागनीका लागि सेयर बजार नै उचित हो भन्ने मनोवैज्ञानिक धारणा सिर्जना गरेको देखिन्छ । उद्योगधन्दा कलकारखाना खोल्नको लागि कर्जाले प्रथम प्राथमिकता दिएको छ भने त्यसपछिको कर्जा सहज प्राथमिकतामा सेयर बजार परेको देखिन्छ ।

यसले पनि सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने देखिन्छ । सहज लगानीको क्षेत्रमध्ये घरजग्गा र सेयर बजार थियो । घरजग्गाको मूल्य धेरै बढ्नाले घरजग्गा बिक्री गरी रकम विदेश पलायन भएको र विदेशमा सिटिजनसीप लिइसकेकाले यहाँबाट घरजग्गा बिक्री गरी पैसा बाहिरिएको भन्ने राष्ट्र बैंक र सरकारको बुझाइरहेको हुँदा घरजग्गालाई निरुत्साहन गरी पुँजी बजारमार्फत पुँजी संकलन गरी अर्थतन्त्र सवल बनाउन मौद्रिक नीतिको लक्ष्य रहेको देखिन्छ । जसले गर्दा यो मौद्रिक नीतिले पुँजी बजारलाई स्थायित्व प्रदान गर्दै सुधारको प्रस्थान विन्दु बन्ने देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स