घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाई, कूल धितोको ३० प्रतिशत मात्रै पाइने

काठमाडौं । सरकारले घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाइ गरेको हो ।

जसअनुसार, अब काठमाण्डौं उपत्यकाभित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर यस्तो अनुपात ६० थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स