राष्ट्र बैंकले बढायो सीआरआर, थुप्रिने भयो करिब ५० अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौदेखि लागू हुने गरी अनिवार्य नगद अनुपात (सीआरआर) लाई बढाएर ४ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकले यसरी सीआरआर बढाउँदा तरलता अभाव भएको बेला ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमा थुप्रिने देखिएको छ ।

अहिले बैकिङ प्रणालीमा झण्डै ५० खर्ब निक्षेप रहेको छ । यसको थप १ प्रतिशत राष्ट्र बैंकमा जम्मा गर्नुपर्दा झण्डै ५० अर्ब रुपैयाँ रकम राष्ट्र बैकमा जम्मा गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले सीआरआर बढाएर तरलतामा अझ चाप थपेको छ ।
कोभिडको समयमा अनिवार्य नगद अनुपातलाई घटाएर राष्ट्र बैंकले ३ प्रतिशतमा झारेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स